काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको लिदी पहिरोमा परि आफन्त गुमाएका सात जना र जम्बु क्षेत्रका एक गरी आठ बालबालिकालाई नि:शुल्क पढाउने घोषणा गरेका छन् । नेता बस्नेतले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो घोषणा गरेका हुन् । नेता बस्नेतले लिदीका सात बालबालिकालाई कक्षा १२ सम्म र जम्बुका एक जनालाई कक्षा १० सम्म निशुल्क पढाउने घोषणा गरेका हुन् ।
जिल्लाको जुगल गाउँपालिकास्थित वडा २ को लिदीमा गत साउन ३० गते पहिरो खस्दा ३२ जनाको मृत्यु भएको थियो भने ७ जना अझै बेपत्ता रहेका छन् । साथै, असार २५ गते जम्बु क्षेत्रमा बाढी र पहिरोले क्षति हुनुका साथै कैयौं १७ जना बेपत्ता रहेका छन्।
नेता बस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘पहिरोबाट अभिभावक गुमाएर टुहुरो हुने हरुमा स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, साङबहादुर दोङकी छोरी गरी सात जना र आषाढ २५ गते जम्बुको बाढी पहिरोबाट आफ्नो ५ जना परिवार गुमाएर एक्लै बाँचेकी छिरिङ गोलेसमेत गरी ८ जना बच्चाहरुको १२ कक्षा सम्मको पठन पाठनको व्यवस्था गर्ने जिम्मा आफूले लिने घोषणा गर्दछु।’
पूरा विज्ञप्तिः






























प्रतिक्रिया