सरकारको गलत नीतिका कारण कोरोना फैलियो–डा. महत

सरकारको गलत नीतिका कारण कोरोना फैलियो–डा. महत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारको गलत नीतिका कारण कोरोना भाइरसको संक्रमण बढेको आरोप लगाएका छन् । बुधबार प्रेस नोट जारी गर्दै कांग्रेस सहमहामन्त्री तथा कोभिड–१९ अनुगमन समितिका संयोजक डा. महतले त्यस्तो आरोप लगाएका हुन् । सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको उनको भनाइ छ ।

बुधबार जारी गरिएको प्रेस नोटमा भनिएको छ–‘नेपाली कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु सार्वजनिक गर्ने र सरकारको ध्यानाकर्षण गर्ने काम निरन्तर रुपमा गर्दै आएको छ । यसका वावजुद सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन सकेको छैन । आज सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जाँदैछ र नागरिक जीवन अत्यन्त संकटमा छ । यस अवस्थामा फेरि पनि हामी तत्कालै गर्नु पर्ने केही कामहरुका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

पूरा विज्ञप्तिः

Logo