प्रधानमन्त्री देउवाको आश्वासन पछि मधेश प्रदेश सरकारको आन्दोलन स्थगित

प्रधानमन्त्री देउवाको आश्वासन पछि मधेश प्रदेश सरकारको आन्दोलन स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । 
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो ।

मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन्  । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गरेका हुन् ।महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर पुगो हुन् ।

सो कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी हुनुभएको थियो । प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो ।

निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो ।

Skip This
Skip This
Logo