संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन्।
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम ९४० बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन्।
संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक समेत नपुगेर पटक पटक बैठक स्थगित हुँदै आएको छ । त्यसबारे सभामुखले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका छन्। उनीहरुको लगातार बैठकमा अनुपस्थित भएको प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भइसकेको छ।






























प्रतिक्रिया