निर्वाचनमा उम्मेदवार बन्न एकीकृत समाजवादीको ८ बुँदे मापदण्ड

निर्वाचनमा उम्मेदवार बन्न एकीकृत समाजवादीको ८ बुँदे मापदण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बन्न मापदण्ड तय गरेको छ। केन्द्रीय सचिवालयको ३५ औं बैठकले पार्टीको तर्फबाट उठाइने उम्मेदवारको सिफारिस एवं छनोट गर्दा आधार बनाउन ८ बुँदे मापदण्ड तय गरेको हो ।

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति  प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेका, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं् नैतिक आचरण राम्रो रहेकालाई उम्मेदवार बनाइने विज्ञप्तिमा उल्लेख छ ।

मापदण्डमा जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र सक्रिय तथा समावेशीको सिद्धान्तविपरीत नहुने गरी उम्मेदवार चयन गर्न भनेको छ।

यस्तै, समाजवादी पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि भदौ २० गतेभित्र पार्टीको तर्फबाट उम्मेदवारको निर्णय गरिसक्ने समयसीमा तोकेको छ। त्यसका लागि जिल्ला कमिटीले १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने, प्रदेश कमिटिले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने छ ।

यस्तै, नेकपा एककृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णयपनि भएको छ।

उक्त समितिले दुई पार्टीबीचको एकता र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहस लगायतका काम गरी एकताको वातावरण निर्माण गर्ने विश्वास लिएको छ ।

बैठकले भदौ ९ गते  पार्टी दर्ता भएको एक वर्ष पूरा गरेको अवसरमा पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने निर्णयसमेत गरेको छ।

Skip This
Skip This
Logo