माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने

माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने

केन्द्रबिन्दु
0
Shares

पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । 

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

Skip This
Skip This
Logo