नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट पार्टीबीच एकता आवश्यकता भएको बताएका छन्। पार्टीनिकट उपत्यका युवा बिशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले केपी ओलीले बनिसकेको कम्युनिष्ट पार्टीलाई भताभुङ्ग पारेको आरोप लगाए।
कम्युनिष्ट पार्टीको विकल्प नै नभएको उनको भनाई छ।
उनले राजनीति नै चुनाव नभएकाले माध्यमको रुपमा लिनुपर्ने बताए। उनले जनतादेखि जनतासम्म पुग्नको लागि राजनीति गर्ने निर्देशन दिए। उनले नेकपा एमालेबाट आफूहरुले गरेको विद्रोह सही भएको भन्दै नत्र अहिले एमालेमा रहेका १० भाइको जस्तो हरिबिजोग हुने बताए ।
एमालेका १० भाइप्रति कटाक्ष गर्दै उनले भने, ‘ओलीको सामू समर्पण गर्न नसकेर बाध्य भएर नयाँ पार्टी बनाएका छौँ, अहिले १० भाइको एमालेमा हरिबिजोग छ। हामीलाई त्यस्तो स्वीकार्य छैन। हामी चट्टानी अडानमा उभिएर नयाँ पुस्तालाई अगाडि बढायौँ। हामीले देशभर संगठन बनाएर पार्टीको उपस्थिती देखाइसकेका छौँ।’
उनले कम्युनिष्ट आन्दोलन र पार्टीहरूमा विकृति फैलिएको बताए। अहिले मबादी संस्कृति बढेकाले हामीवादी सोच नै हराइसकेको बताए। देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए। अहिले आफनो पार्टीलाई स्थागित गराउन लगाउने बताए।





























प्रतिक्रिया