माओवादीले विशेष महाधिवेशन गर्ने,यस्ता छन् स्थायी समितिका निर्णय

माओवादीले विशेष महाधिवेशन गर्ने,यस्ता छन् स्थायी समितिका निर्णय

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन गर्ने भएको छ। महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंगाएको माओवादीले चुनावपछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनले भने, ‘अहिले हामीले निर्वाचनलाई लक्षित गरेर सन्तुलित रुपमा पार्टी पदाधिकारी तोकेका छौँ। विशेष महाधिवेशन गर्ने निर्णय भएको छ। तर समय तोकिएको छैन। विशेष महाधिवेशनमा पदाधिकारी हेरफेर हुनसक्छ।’ 

गत पुसमा भएको महाधिवेशनले १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय गरे पनि शनिबारको बैठकबाट पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ।

यस्तै, मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचनको घोषणापत्र लेख्न कार्यदल बनाएको छ। बैठकले ७ वटै प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ। 

घोषणापत्र लेखन कार्यदलको सूची

नारायणकाजी श्रेष्ठ (संयोजक)

सदस्यहरू

​देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
गिरिराजमणी पोखरेल
लिलामणी पोखरेल
शक्ति बस्नेत
गणेश साह
पर्शुराम रम्तेल
अमृता थापा
हरि रोक्का
जाकिर हुसेन
कृष्ण चौधरी
पर्शुराम तामाङ
भीमा ढुंगाना
जगत सिम्खडा

Logo