कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधन

कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ।

७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ .३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो। गिरी नेपाली कांग्रेसभित्रका बौद्धिक नेताका रुपमा परिचित थिए। क्यान्सर र निमोनियाको जटिलताका कारण उनको निधन भएको हो।  

Logo