नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनले शोकमा परेको कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान साढे १० बजे पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक राखेका हुन् ।
बैठक केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १०.३० बजे बस्ने छ । बैठकले सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । समाजवादी चिन्तक एवम् नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको थियो ।































प्रतिक्रिया