‘कमरेड इन् आर्म्स’ भन्दै प्रदीप गिरिलाई भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

‘कमरेड इन् आर्म्स’ भन्दै प्रदीप गिरिलाई भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

भारतीय शीर्ष कम्युनिस्ट नेता एवं पूर्व राज्य सभा सदस्य सीताराम येचुरीले नेपाली कांग्रेसका नेता प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् ।

नेपालसँगै भारतमा समेत विभिन्न नेताहरुसँग असल सम्बन्धमा रहेका नेपाली कांग्रेसका नेता गिरिप्रति उनले समवेदना व्यक्त गरेका हुन् ।

‘हाम्रा साथी प्रदीप गिरि नेपालमा राजतन्त्र फाल्ने आन्दोलनका लडाकु, लोकतन्त्रका अथक योद्धा र भारतका घनिष्ट मित्र थिए,’ येचुरीले श्रद्धान्जली व्यक्त गर्दै भनेका छन्, ‘यस्ता मित्रको निधनमा हामी गहिरो दुःख व्यक्त गर्छौं ।’

यस्तै भारतीय नेता मोहन प्रकाशले पनि गिरिको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिलाई फोन गर्दै मोहनले दुःख व्यक्त गरेको निधिले ट्वीटमार्फत उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo