योगेश भट्टराईको टिप्पणी : प्रचण्ड र माधव नेपाल देउवाकोमा कमलरी बस्न गए

योगेश भट्टराईको टिप्पणी : प्रचण्ड र माधव नेपाल देउवाकोमा कमलरी बस्न गए

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा कमलरी बस्न गएको टिप्पणी गरेका छन् । आइतबार प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।  

उनले गठबन्धनको सरकारले नागरिकता विधेयक संसदमा लगेर राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गुमाएको पनि बताए । सरकारले नागरिकता विधेयक संसदमा छलफल नै नगरि राष्ट्रपतिको स्वीकृतका लागि पठाएकोमा राष्ट्रपतिले स्वीकृत नगरि पुनः संसदमा नै फिर्ता पठाउँदासमेत जस्ताको तस्तै फेरि पास गरेर राष्ट्रघाती काम गरेको उनको आरोप छ ।

नेता भट्टराईले आउँदो चुनावमा एमालेले बहुमतको सरकार बनाउने दाबी गर्दै अहिलेको  सरकारले पास गरेको नागरिकता विधेयक संशोधन गरेर अघि बढ्ने बताए । 
 

Logo