सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरिको निधनप्रति शोक व्यक्त गर्दै उनको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
सभामुख सापकोटाले आज दिउँसो सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनले समाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरिको योगदान सदा स्मरणीय रहने बताएका हुन् ।
उनले ट्विटमा लेखेका छन्,‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उनको योगदान सदा स्मरणीय रहने छ । ’
कुन कुन नेताले केके भने त ?































प्रतिक्रिया