काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर प्रहरी प्रमुखमा एसपी राजु पाण्डेलाई नियुक्त गरेका छन्।
शाहले महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी)धनपति सापकोटालाई हटाएर अर्का एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन्।
प्रकृया अनुसार (एसपी)धनपति सापकोटालाई परिवर्तन गरिएको हो। 'लामाे समयसम्म उहाँले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे प्रकिया अनुसार नै उहाँलाई हटाइएकाे हाे अन्य कुनै कारण छैन।' यसअघि नगर प्रहरी प्रमुख धनपतिलाई मेयर बालेनले प्रशासनतर्फ खटाएकाे मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन्। जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।





























प्रतिक्रिया