प्रतिनिधि सभाको बैठक बस्दै, गिरिको निधनको शोक प्रस्ताव पारित हुने

प्रतिनिधि सभाको बैठक बस्दै, गिरिको निधनको शोक प्रस्ताव पारित हुने

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ। 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो। गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।

Logo