उपत्यकाको सबै फोहोर एक हप्ताभित्र व्यवस्थापन गर्न मेयर शाहको निर्देशन

उपत्यकाको सबै फोहोर एक हप्ताभित्र व्यवस्थापन गर्न मेयर शाहको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकाको फोहर एक साताभि व्यवस्थापन गर्न महानगरपालिकाका प्रमुख बालेन साहले  निर्देशन दिएका छन् । 

फोहोर व्यवस्थापनमा सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । 

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ । फोहर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत मेयर शाहले दिएका छन् । 

फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ । हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिएका हुन् ।

कामपा एक्लैले व्यवस्थापन गर्दै आएका स्थानमा गत मंगलबारदेखि नियमित रूपमा उपत्यकाको फोहर व्यवस्थापन गर्न थालेसँगै कलंकी, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन् ।

Logo