गठबन्धनको बैठक निष्कर्षबिहीन, मंगलबार फेरि बस्ने

गठबन्धनको बैठक निष्कर्षबिहीन, मंगलबार फेरि बस्ने

केन्द्रबिन्दु
0
Shares

प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक सोमबार पनि विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए ।

उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । मन्त्री कार्कीले भने, ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ ।’  बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए ।

Logo