प्रधानन्याधशि जबराविरुद्ध महाभियोग सिफारिस समिति बैठक बस्दै

प्रधानन्याधशि जबराविरुद्ध महाभियोग सिफारिस समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ। 

समितिको बैठक आज दिउँसो २ बजे बस्ने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।  बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्नेछ। साथै समितिको सभापति चयन गर्नेछ । जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिनिधिसभाबाट २२ साउनमा महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको १ भदौमा बसेको पहिलो बैठकमा कार्यविधिको मस्यौदा र कार्यतालिकामा छलफल भएको थियो । प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग लागेसँगै जबरा निलम्बनमा पर्नुभएको छ । 
 

Logo