संसद् विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले भने, ‘सर्वोच्चले सही फैसला गर्छ भन्ने मलाई विश्वास छ’ 

संसद् विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले भने, ‘सर्वोच्चले सही फैसला गर्छ भन्ने मलाई विश्वास छ’ 


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित  ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन सम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गरेका हुन् । ७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाईं चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नु पर्ने बताए । संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिंदै अध्यक्ष प्रचण्डले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नु पर्ने बताए। 

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षडयन्त्र भइराखेको बताए। आफूहरु एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भएपनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताए। उनले भने,  ‘पार्टी धेरै दुःखले एकतावद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षडयन्त्र र कसरत अहिले भइ नै राखेको छ । भइ नै सक्या छ ।’

Logo