सर्वोच्चको फैसला नेपालको आन्तरिक मामिला : भारत

सर्वोच्चको फैसला नेपालको आन्तरिक मामिला : भारत


भारतले सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेकाे फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको बताएका हुन् । 

यसअघि प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय सम्बन्धमा पनि भारतले आन्तरिक मामिला नै भनेको थियो ।

Logo