विपद् व्यवस्थापन विभागलाई मेयर बालेनले हस्तान्तरण गरे नयाँ दमकल

विपद् व्यवस्थापन विभागलाई मेयर बालेनले हस्तान्तरण गरे नयाँ दमकल


काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण गरेको छ । आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गर्ने महानगरको लक्ष्य रहेको भन्दै मेयर बालेन्द्र शाह (बालेन)ले विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गरेका हुन् । 

जर्मन कम्पनी जिग्लर इन्डोनेसियाले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा पठाएको नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् ।

३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । ८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् ।

नयाँवाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् ।
 

Logo