फेरि सर्‍यो कांग्रेस बैठक

काठमाडौं,

साउन २२ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सरेको जानकारी दिएका हुन् ।  साउन २२ गते दिउसो २ बजेका लागि बोलाइएको बैठक २६ गतेका लागि सरेको हो ।

दिउसो २ बजे बैठक बीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

अन्नपूर्णबाट