जब राहुल र निशाले ‘फेस अफ मारवाडी’ को उपाधी जिते (भिडियोमा)

काठमाडौं । सन् २०१९ को फेस अफ मारवाडीको ताज धरानका राहुल अग्रवाल र काठमाडौंकी निशा अग्रवालले जिते । साउन ६ गते सम्पन्न दोस्रो संस्करणको प्रतियोगितामा पुरुष तर्फ राहुलले जितेका हुन् भने महिलातर्फ निशाले ताज आफ्नो पोल्टामा पारेकी हुन् ।

पेजेन्ट नेपाल इन्टरनेशनलको आयोजनामा सम्पन्न फेस अफ मारवाडी–२०१९ मा आफूलाई अन्य प्रतिस्पर्धी भन्दा फरक एवं बौद्धिक रूपमा अब्बल साबित गर्दै राहुल र निशाले उपाधि जितेका थिए । त्यसैगरी फस्र्ट रनरअप शिवम अग्रवाल र सिमरन सबू तथा सेकेण्ड रनरअप अजय खण्डेलवाल र सुनिता बर्मा भएका छन् । प्रतिस्पर्धी युवायुवतीहरूलाई सञ्चार दक्षता, एमसीइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा मोटिभेसन क्लास दिइएको थियो ।

फेस अफ मारवाडी–२०१९ को अन्तिम प्रतिस्पर्धामा नायिका रेखा थापा, मिसेज इण्डिया अर्थ २०१७ स्वेता चौधरी निर्णायक मण्डलामा थिए भने प्रमुख अतिथिका रूपमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरी उपस्थिति थिए । विजेताहरूले नगर ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए । साथै उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने मौका समेत पाए ।

१६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवती सहभागी हुने प्रतियोगीतामा बिभिन्न चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतको प्रशिक्षण सहित अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो ।

राहुल र निशाले जिते ‘फेस अफ मारवाडी २०१९ ’ को उपाधी

-सन् २०१९ को फेस अफ मारवाडीको ताज धरानका राहुल अग्रवाल र काठमाडौंकी निशा अग्रवालले जिते ।-साउन ६ गते सम्पन्न दोस्रो संस्करणको प्रतियोगितामा पुरुष तर्फ राहुलले जितेका हुन् भने महिलातर्फ निशाले ताज आफ्नो पोल्टामा पारेकी हुन् ।https://kendrabindu.com/post/101398

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, August 13, 2019

जब राहुल र निशाले ‘फेस अफ मारवाडी’ को उपाधी जिते (भिडियोमा)