आज सेयर बजारमा दोहोरो अंकको गिरावट

आज सेयर बजारमा दोहोरो अंकको गिरावट


साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार बजार मापन गर्ने   
सूचक ११.४७ अंकले घटेर परिसूचक १९२६.२८ बिन्दुमा रोकिएको छ ।  

२२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.३४, विकास बैंक ५३.४९, वित्त कम्पनी २२.५४, जलविद्युत ३४.२६, जीवन बीमा ३९.६९, माइक्रोफाइनान्स ३६.६२, निर्जीबन बीमा ३८.४५ र ट्रेडिङ समूहको उपसूचक ११.१८ अंकले घटेको छ । अन्य उपसमूहको भने उपसूचक ४.०७ अंकले बढेको छ । 

मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकम क्रमश: अगाडि रहेको छ ।

Logo