पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु


पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५८७ जनाको नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो । पिसीआर परीक्षणबाट ८९ जना र एन्टीजेन परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणयुक्त भएको र २ जनाले ज्यान गुमाएका छन् । साथै यो अवधिमा आठ हजार ४१२ ले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी, हाल नेपालमा  दुई हजार ३१६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १४ जनाले ज्यान गुमाइसकेका छन् । 

Logo