बेकोको दसैँ तिहार योजनामा पाउनुहोस् आकर्षक उपहारहरू

बेकोको दसैँ तिहार योजनामा पाउनुहोस् आकर्षक उपहारहरू


युरोपकै ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नेपालीहरूको नजिकिरहेको चाडपर्वलाई लक्षित गरी ‘बेकोसँग दसैँ तिहार, भित्र्याउनुहोस् खुसी र उपहार’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जस अनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ।

साथै बेकोको रेफ्रिजेरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाइन्छ भने कूकिङरेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअरकन्डिसनरको खरिदमा रु ४ हजार बराबरको फ्री इन्स्ट्लेसनको व्यवस्था गरिएको छ । उक्त योजना भदौ १० गतदेखि सीमित अवधिका लागि लागू गरिएको बताइएको छ। 

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङ्गाल, कुमारी पाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धरा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।

Logo