न्यायपरिषद्को कारबाहीप्रति राणाको आपत्ति

न्यायपरिषद्को कारबाहीप्रति राणाको आपत्ति


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो समयमा कोही पनि अयोग्य व्यक्ति नियुक्त नभएको बताएका छन् । 

महाभियोग सिफारिस समितिले सोधेको पुरक प्रश्नमा भाग लिँदै राणाले आफ्नो पालामा भएका नियुक्ति योग्य रहेको दाबी गरेका हुन्। उनले पछिल्लो समय न्याय परिषद्ले योग्यता नपुगेको र न्यायिक विचलनमा परेको भनि गरेको कारबाही माथि आपत्ति प्रकट गरेका छन्।

तत्कालीन समयमा योग्य भएर नियुक्ति गरेको तर त्यसलाई अहिले अयोग्य भनेर हटाउने अधिकार न्याय परिषद्लाई कुनै पनि कानुनले नदिने उनको भनाई छ । परिषद्ले आफूसँग जोडेर हटाउने कार्य गरेको उनले बताए। परिषद्ले सक्षम व्यक्तिहरुलाई हटाएको दाबी गर्दै राणाले त्यसरी हटाउनु गैरकानुनी भएको बताए । 

Logo