एनआईसी एशिया रेमिटबाट एकपटक पैसा पठाउँदा अर्को पटक फ्री

एनआईसी एशिया बैंकले ग्राहकहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने भएका छन् । बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहक महानुभावहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।

बैंकका २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुने जनाएको छ ।