गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको अध्यक्षमा थापा

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हेमबहादुर थापा चयन भएका छन् । समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

शनिवार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बिर बहादुर क्षत्री, उपाध्यक्षमा बिन्दु गौतम, सचिवमा कपिल ज्ञवाली, सहसचिवमा धुब्र खड्का तथा कोषाध्यक्षमा बुद्धि प्रसाद प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरूमा चिरञ्जीवी ज्ञवाली, रामचन्द्र गौतम, मदन ज्ञवाली, विष्णु प्रसाद ज्ञवाली, माधव श्रेष्ठ, राम बहादुर केसी, दधिराम ज्ञवाली, गिरिराज पन्त र कृष्ण प्रसाद गौतम चयन भएका छन् ।

नयाँ कार्यसमितिको पहिलो बैठकले विधानअनुसार चार जनालाई सदस्यमा मनोनित गरेको छ । जसमा रेशम खड्का, अमृत विक, कमला ज्ञवाली र कमला ज्ञवाली (भण्डारी) रहेका छन् ।

त्यस्तै सूचना उपसमितिको संयोजकको जिम्मेवारी श्रीराम ज्ञवालीलाई दिएको छ भने युवा परिचालन उपसमितिको संयोजकमा सूर्य ज्ञवालीलाई मनोनित गरिएको उनीहरूले समाजको विधानअनुसार मनोनित गरिएको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।