पिता बनेपछि मात्र बलिउडमा कमब्याक गर्नेे रणवीर

पिता बनेपछि मात्र बलिउडमा कमब्याक गर्नेे रणवीर


हालै रणवीर कपुर अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा निकै राम्रो कमाई गरेको थियो । 

फिल्ममा रणवीर पत्नी आलिया भट्टसँग देखिएका थिए । तर हिट फिल्म भएपनि रणवीरले अहिलेसम्म कुनै नयाँ फिल्म साइन गरेका छैनन् । यस्तो अवस्थामा अणवीरले बलिउड छोडेको हल्ला यताकता सुनिन लागेको थियो । तर रिपोर्टलाई मान्ने हो भने वास्तवमा, रणवीरले गर्भवती पत्नी आलियासँग समय बिताउन चाहेकाले नयाँ फिल्मको अफर स्वीकार नगरेको भनिएको छ । पत्नी आलिया पेग्नेन्ट भएकाले केहि समय उनले ब्रेक लिने निर्णय गरेको रिपोर्टमा भनिएको छ । 

Logo