महिला क्रिकेटः एपीएफ र सुदूरपश्चिमको जित

महिला क्रिकेटः एपीएफ र सुदूरपश्चिमको जित


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागिय टिम नेपाल एपीएफ क्लव र सुदूरपश्चिमले जित निकालेका छन् । 

मंगलवार भएका खेलहरुमा एपीएफले वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएका हुन् । मंगलवार भएको पहिलो खेलमा एपिएफले वागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । 

वागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग-यो । एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाइन् । नेरी थापाले अविजित १६ बनाउँदा कप्तान सीता राना मगरले १६ रन बनाइन् । 

वागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले समान २/२ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको वागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । वागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १९ र सुमन खतिवडाले पनि १९ रनको योगदान दिइन् । वागमतीका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे । 

एपीएफका लागि रेखा रावल,नेरी थापा र इन्दु बर्माले समान १/१ विकेट लिएका थिए । 

आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ । 

गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । सुदूपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाइन् । 

गण्डकीका लागि शिला क्षेत्रीले २ तथा श्रृष्टि जैसीले १ विकेट लिइन् । 

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान श्रृष्टि जैसीले अविजित २८ रन बनाइन् भने गण्डकीका अन्य ब्याटरले दोहोरो स्कोर छुन सकेनन् । 

सुदूरपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कडायत,स्नेहा महरा र सावित्री धामीले समान १/१ विकेट लिए ।
 

Logo