अक्षयको फिल्म ‘राम सेतु’ मा सलमानको क्यामियो ?

अक्षयको फिल्म ‘राम सेतु’ मा सलमानको क्यामियो ?


हालै अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘राम सेतु’ को ट्रेलर सार्वजनिक भएको थियो । 

आम मानिसले निकै रुचाइएको देखिन्छ । यससँगै मानिसहरूले यो फिल्ममा सलमान खानको पनि झल्को देखेको बताएका छन् । जसको तस्बिर हाल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । फिल्ममा अक्षयसँगै ज्याकलिन फर्नान्डिज र नुसरत भरुचा पनि देखिनेछन् । यो फिल्म अक्टोबर २५ अर्थात दीपावलीको दिन रिलिज हुँदैछ । 

भाइरल भइरहेको भिडियोमा सलमान खान ड्राइभिङ गरिरहेको र अक्षय कुमार कारको बोनेटबाट हाम फालेको देखिन्छ । यो पोष्ट सेयर गर्ने क्रममा प्रयोगकर्ताले ‘राम सेतुमा सलमान खान’ लेखेका छन् । 

Logo