यस्तो छ जोशीको अन्तिम बिदाई तालिका

यस्तो छ जोशीको अन्तिम बिदाई तालिका


वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन ललितपुर महानगरपालिकाको प्रांगणमा पनि राखिने भएको छ । 

साढे १२ बजेदेखि ४ बजेसम्म उनको पार्थिव शरीरलाई ललितपुर महानगरमा राखिएको भएको हो । जोशीको शवलाई ९ बजेर ४५ मिनेटदेखि १० बजेर ४५ मिनेटसम्म किष्ट अस्पतालमा शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिने तयारी भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १० ४५ देखि ११ बजेर ३० मिनेटसम्म परिवारका सदस्यले  परिवारले गर्नुपर्ने कार्य गर्ने, कार्यक्रम रहेको छ । त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर३० मिनेटसम्म राखिनेछ । र त्यसपछि ललिपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ । 

त्यसपछि फेरि किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ । उनको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु पनि आउने ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए ।

Logo