‘एल क्लासिको’मा रियल म्याड्रिडको सानदार जित, बार्सिलोना स्तब्ध

‘एल क्लासिको’मा रियल म्याड्रिडको सानदार जित, बार्सिलोना स्तब्ध


स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्याड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनामाथि रियलले ३-१ को सानदार जित निकालेको हो ।  

घरेलु मैदानमा रियललाई जित दिलाउन कप्तान करिम बेन्जेमा,  फेडे भाल्भेर्डे र रोड्रिगोले एकएक गोल गरे । बार्सिलोनाका लागि फेरान टोरेसले एक गोल फर्काए । 

रियलको लागि सुरुवाती दुई गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १२औं मिनेटमा बेन्जेमाले गोल  गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । भिनिसियस जुनियरले प्रहार गरेको बललाई बार्सिलोनाका गोलरक्षकले फर्काउँदा बेन्जेमाले गोल गरेका थिए । त्यस्तै, ३५औं मिनेटमा फर्लान्ड मेन्डीको पासमा भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । 

खेलको दोस्रो हाफको ८४औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत गरे । तर, खेलको अतिरिक्त समयमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।

जितसँगै रियल शिर्ष स्थानमा फर्किएको छ । ९ खेलमा २५ अंक जोडेको छ । पराजित बार्सिलोना भने २२ अंकका साथ दोस्रो स्थानमा रह्यो । 

Logo