संविधानको रक्षा गर्न गठबन्धन -प्रधानमन्त्री देउवा

संविधानको रक्षा गर्न गठबन्धन -प्रधानमन्त्री देउवा


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताएका छन् । 

विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे ।
    
प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथौंडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उहाँले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे । 

Logo