चर्चित स्वतन्त्र उम्मेदवारहरु

चर्चित स्वतन्त्र उम्मेदवारहरु


पछिल्लो समय निर्वाचनमा भाग लिन स्वतन्त्र उम्मेदवारीको भीड लागेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमा धेरै जस्तो युवाहरु छन् ।कलाकार, व्यवसायीदेखि इन्जिनियर पेसामा आवद्धहरुले पनि राजनीतिमा चासो देखाउँदै उम्मेदवारी दिएका छन् । उनीहरु ठूला राजनीतिक दलहरुले देश विकास गर्न सकेनन् भन्दै स्वतन्त्र उम्मेदवारलाई भोट खसाल्न माग गरिरहेका छन् । 

१.गंगा चौधरी 
नेकपा एमालेकी नेतृ तथा पूर्वसांसद गंगा चौधरी सत्गौँवाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन । चौधरीले प्रतिनिधिसभाको लागि दाङ क्षेत्र१ बाट उम्मेदवारी दिएकी हुन् ।  उनको प्रतिस्पर्धामा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी छन् । 

२, रञ्जु दर्शना
स्थानीय तहको अघिल्लो निर्वाचनमा काठमाडौंको मेयरमा उम्मेदवारी दिएर एकाएक चर्चामा आएकी रञ्जु दर्शनाले प्रतिनिधिसभा सदस्यमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रदीप पौडेल र नेकपा एमालेका ईश्वर पोखरेलसँग हुँदैछ । 

३, सागर ढकाल 
बीबीसीको साझा सवाल कार्यक्रममा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको प्रश्नबाट एकाएक सामाजिक सञ्जालमा भाइरल भएका सागर ढकालले उनै देउवाविरुद्ध अहिले उम्मेदवारी दिएका छन् । त्यहीँ पनि लगातार चुनाव चित्दै आएका देउवाकै गृहजिल्ला डडेल्धुरामा । संसदीय इतिहासमा देउवालाई पहिलो पटक पराजित गरेर मुलुककै कान्छो प्रधानमन्त्री बन्ने उनको सपना छ । 

४, सञ्जय श्रेष्ठ
गायक सञ्जय श्रेष्ठले पनि प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । राप्रपाले टिकट नदिएपछि सञ्जयले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी लामो समयदेखि राप्रपमा सक्रिया छन् । उनले कांग्रेसका भिमसेनदास प्रधान र नेकपा एमालेका सर्वेन्द्र खनालसँग भिड्ने छन् ।

५.खुशवु ओली
खुशवु ओलीले झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार दिएकी छन् । राप्रपाकी सक्रिय कार्यकर्ता उनले एमालेले टिकट रोकिदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी

हुन् । उनले अब प्रतिनिधिसमामा झापा क्षेत्र नम्बर ४ बाट एमालेका एलपी सावाँ र नेपाली कांग्रेसका देउकुमार थेवेसँग प्रतिस्पर्धा गर्नेछन् । यो क्षेत्रबाट अघिल्लो चुनावमा सावाँले बाजी मारेका थिए । 

६, मनोज पण्डित 
मनोज पण्डित फिल्ममेकर हुन् । उनले ग्रेटर नेपाल, दासढुङ्गा, बधशाला जस्ता चर्चित फिल्म निर्माण गरेका छन् । निर्देशक पण्डितले प्रतिनिधिसभाका लागि काभ्रे निर्वाचन क्षेत्र न.ं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिव हुमागाई र नेकपा एमालेका गोकुल बाँस्कोटा छन् । 

७.मधुसुदन पाठक (सीते बा) 
चर्चित टेलिसिरियल सक्किगोनीमा (सीते बा) को रुपमा चिनिने कलाकार मधुसुदन पाठकले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलविरुद्ध छ । 
 

Logo