अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी


अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो । 

चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ चोरेको छ । साथै ५ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न गरगहना समेत चोरी भएको छ । बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको प्रहरी स्रोतले जनाएको छ  । चोरीको बिषय अनुसन्धान लगभग सकिन लागेकोले चोरी छिट्टै पत्ता लाग्ने प्रहरी स्रोतले जनाएको छ ।

Logo