अफगानिस्तानमा थप १२ लडाकू मारिए

अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् ।

देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो ।  सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि सैन्य प्रवक्ता रेजाईले बताए । उनले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको दाबी पनि गरे । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।

तालिबान लडाकूहरुले पछिल्लो दश दिनमा उत्तरी क्षेत्रको बाल्ख, कुन्दुज, बाघ्लान र पश्चिमी क्षेत्रका केही ठाउँमा आफ्ना गतिविधिहरु बढाएका थिए । एजेन्सी