मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गरिँदै

मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गरिँदै


जिल्ला निर्वाचन कार्यालय रसुवाले आसन्न निर्वाचनको मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गर्ने भएको छ । 

यसका लागि कार्यालयले उहाँहरुलाई आजदेखि प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जिल्लाका पाँचवटै गाउँपालिकाका २७ वडाका महिला  स्वयंसेविका मार्फत् मतदाता शिक्षा प्रदान गर्न लागिएको जानकारी दिए । पहिलो चरणमा सम्बन्धित गाउँपालिकाको तोकिएको अधिकृतलाई प्रशिक्षण दिई प्रशिक्षक तयार गरिने र उनीहरुमार्फत् महिला स्वयंसेविकालाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ ।
    
सत्ताइस वडामा परिचालन हुने ती महिला स्वयमंसेविकाले प्रत्येक गाउँ टोलमा पुगी मतदानको महत्व, मतपत्रको सदुपयोगजस्ता विषयमा मतदातालाई जानकारी  दिनेछन् । प्रतिनिधिसभा सदस्य  एक र प्रदेशसभा सदस्य दुई रहेको  जिल्लामा ३९ हजार चार सय ५९  मतदाता छन् ।  मतदानका लागि ५२  केन्द्र तय भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Logo