सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस आज पनि

सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस आज पनि


बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो थुनछेक बहस प्रारम्भ भएको हो । हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए । बहसका क्रममा आफूहरुले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास समक्ष गरेको अधिवक्ता सापकोटाले बताए । 

पीडित भनिकी किशोरीका तर्फबाट चार जना सरकारी वकिलसहित केही अन्य कानुन व्यवसायीले पनि बहस गरेका थिए । उनीहरुले सन्दीपले राति एउट कोठामा बसेको स्वीकार गरिसकेको भन्दै अन्य घटना प्रमाण तथा बयानका आधारमा बलात्कार पुष्टि हुने जिकिर गरेका थिए । आज बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश दिनेछ । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले आफूलाई बलात्कार गरेको भन्दै भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । 
 

Logo