लागू औषधसहित एक युवक पक्राउ

लागू औषधसहित एक युवक पक्राउ


लमजुङ प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । 

प्रहरीले बुधबार तनहुँबाट लमजुङ तर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो । उनलाई जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ गरिएको हो ।  उनको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ । 

पक्राउ परेका शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई निज उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । 

Logo