संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ -रवीन्द्र मिश्र

संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ -रवीन्द्र मिश्र


राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता तत्काल खारेज गर्नुपर्ने बताएका छन् । 

काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् । ‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा  आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने । 

देश कस्तो बनाउने भन्ने नेतृत्वमा परिकल्पना चाहिने बताएका उनले देशमा भएका भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सकेमा आर्थिक विकास सम्भव रहेको बताए । 

भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ । 

Logo