नवलपरासी पश्चिम- १ मा अग्रता बढाउँदै विनोद चौधरी

नवलपरासी पश्चिम- १ मा अग्रता बढाउँदै विनोद चौधरी


नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विनोद चौधरीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनले पछिल्लो मतपरिणामअनुसार १७ हजार २७९ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेसँगको तालमेलमा उम्मेदवार बनेका जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीले १२ हजार ५६१ मत पाएका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी १० हजार ७४८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । 

Logo