#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145440953487744371006482432
नेपाल157843492036547

पत्रकार महासङ्घले अनुगमन गर्ने

काठमाडौं,

नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन अनुसारको सेवा सुविधा लागू गरे/नगरेको बारेमा अनुगमन गर्ने भएको छ ।

महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट नेतृत्वको छुट्टाछुट्टै टोलीले शुक्रबारदेखि सञ्चार प्रतिष्ठानको अनुगमन गर्ने भएको हो । टोलीले रेडियो, टेलिभिजन, छापा र अनलाइन सञ्चार प्रतिष्ठानको अनुगमन गर्ने महासङ्घका महासचिव विष्टले जानकारी दिनुभयो ।

श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा उपलब्ध गराउन तथा श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा भोगिरहेका समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले अनुगमन गर्न लागिएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार