स्पेनका मुख्य प्रशिक्षक एनरिक बर्खास्त

स्पेनका मुख्य प्रशिक्षक एनरिक बर्खास्त


स्पेनिस फुटबल संघले मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको छ । 

कतारमा जारी विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको स्पेन नकआउट चरणबाटै बाहिरिएपछि प्रशिक्षक एनरिक बर्खास्त भएका हुन् । मोरक्कोसँग स्पेन पेनाल्टी सुटआउटमा ३-० ले पराजित भएको थियो । सो खेल जित्दै मोरक्को भने विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्यो । 

जारी विश्वकपको समूह ‘ई’मा परेको स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गरेको थियो। दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरीमा रोकिएको स्पेनको युवा टिम तेस्रो खेलमा जापानसँग २–१ गोलको नतिजामा पराजित भएको थियो।

सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षिया एनरिकले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

Logo