विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेकाे मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दाहरुमा आयोगको निर्णयअनुसार २५ मंसिरमा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेका मुद्दा यसप्रकाररका छन् । 

प्रतिवादी भगवान् भट्टराईसमेत (वि.अ. को मु.नं. ०७४ सि.आर. ००५०, वि.अ. को फैसला मिति २०७९/४/९) को राजश्व रकम बैँङ्क दाखिला नगरी भ्रष्टाचार गरेको मुद्दा र लालु गिरीसमेत (वि.अ. को मु.नं. ०७५ सि.आर. ०२३१, वि.अ.को फैसला २०७९/२/२७) को नक्कली बैङ्क ग्यारेण्टी पेश गरी भ्रष्टाचार गरेको मुद्दाको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो । 

Logo