सुन्दर ट्रेडर्स प्रालिले फाइडो व्रान्डको इलेक्ट्रिक स्कुटरमा डाउनपेमेन्ट नगरी मासिक किस्तामा खरिद गर्न पाउने आकर्षक अफर ल्याएको छ ।
अङग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा सार्वजनिक गरिएको सो अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म मासिक २१ हजार रुपैयाँ किस्ता भुक्तानी गरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् । जुन स्कुटरको मूल्य बजारमा २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार स्कुटर खरिद गर्न चाहनेले नागरिकताको फोटोकपी, मासिक आम्दानीको स्रोत, पानी अर्थात विजुलीको विल र व्यवसायी भए व्यवसायको विवरण कम्पनीमा पेश गर्नुपर्नेछ । त्यसपछि कम्पनीले ग्राहकलाई स्कुटर उपलब्ध गराउनेछ ।
फाइडो व्रान्डको यो इलेक्ट्रिक स्कुटरमा ३ हजार २०० वाटको मोटर जडान गरिएको छ । यो स्कुटरले सिंगल चार्जमा १२० किलोमिटर दिने दावी छ । स्कुटरलाई ३ घण्टामा फूल चार्ज गर्न सकिन्छ । ग्राहकले व्याट्रीमा ३ वर्ष र मोटर तथा कन्ट्रोलरमा २ वर्षको वारेन्टि पाउनेछन् ।
प्रतिक्रिया