अबको प्रधानमन्त्री पनि कांग्रेसले दाबी गर्नु स्वभाविक -प्रवक्ता महत

अबको प्रधानमन्त्री पनि कांग्रेसले दाबी गर्नु स्वभाविक -प्रवक्ता महत


नेपादी कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वभाविक रुपमा लिनु पर्ने बताए । ‘तर, सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’ उनले भने । 

प्रवक्ता महतले अब केही दिनमा कांग्रेस  संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताए । यसपटक पनि अरु दलको सहयोग लिएर कांग्रेसले नै सरकार बनाउने र एकताको सन्देश दिन यो जरुरी पनि रहेको उनको भनाइ छ ।

कांग्रेसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठकसमेत बोलाएको छ।

Logo