गणतन्त्र साइप्रसका लागि नेपाली राजदूतमा रिजाल

गणतन्त्र साइप्रसका लागि नेपाली राजदूतमा रिजाल


राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Logo