अभिनेत्री केकी अधिकारीको दर्शन- ‘बाइकट बुल्लिज ! अति गरे क्षति हुन्छ’

अभिनेत्री केकी अधिकारीको दर्शन- ‘बाइकट बुल्लिज ! अति गरे क्षति हुन्छ’


सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदी र अभिनेत्री पुजा शर्माबीचको विवाद चुलिंदै गएको छ । एक टेलिभिजनको कार्यक्रममा सुवेदीले ‘दाह्रा निस्केकी नायिका’ भनेर सांकेतिक रुपमा पुजालाई सम्बोधन गरेपछि त्यसको केही समयपछि नै पुजाले सामाजिक संजालमा लामो स्टाटस लेख्दै उक्त शब्दप्रति आपत्ति जनाएकी थिईन् ।

त्यसपछि एकपछि अर्को गर्दै अभिनेत्रीहरु पुजाको समर्थन र प्रकाशको विरोधमा उत्रिएका छन् । यसैबीच अभिनेत्री केकी अधिकारी पनि आक्रोशपुर्ण रुपमा सुवेदीमाथि खनिएकी छिन् ।

उनले ‘रजतपट अंकल’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले महिला कलाकारको शारिरिक बनावटमाथि गरेको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक भएको टिप्पणी गरेकी छिन् । उक्त व्यवहारले उसकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको समेत खुलाएकी छिन् ।

उनले लेखेकी छिन्

‘रजतपट अंकल’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारिरिक बनावट माथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ। साथै, त्यसै क्रममा उँहाले प्रयोग गर्नु भएको भाषा, प्रस्तुत गर्नु भएको उदाहरण (दो दिन कि चाँदनी) र देखाउनु भएको तुज्जुकले वास्तवमा उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ भन्दा फरक नपर्ला। ढुक्क हुनुहोस्, हामी यस्ता प्रवृति र यस्ता मानसिकताको सदैव विरोध र वहिष्कार नै गर्ने छौँ। स्मरण रहोस्, पेशागत आयु दिर्घकालिन वा अल्पकालिन हुनसक्छ तर त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको हुँदैन । जति नै लामो ईतिहास भएपनि बेला बेला लागिरहने तीन मिनेटको ग्रहण, ग्रहण नै हुन्छ । दुई दिनकै भएपनि चाँदनीको पहिचान उज्यालो नै हुन्छ । बाइकट बुल्लिज । अति गरे क्षति हुन्छ ।

Logo